छोरी नै जन्माउ है तिमी - कथा


छोरी नै जन्माउ है तिमी 

धनबहादुर मगर,कालेबुङ
‘अहो ! यो ठाउँमा त बिल्डिङ पो बनिएछ |’
‘ए ! दुई वर्ष भइसक्यो |’
‘बोजु खै नी ?’ 
(आवेसिँदै राज्जोले भनिन्) ‘बोजु मरिन् | बोजु मरेर त्यो जमिनको लागि छोराहरूको झगडा भा’को |’
सुनेर ‘थुक्क ! छोराहरू’ भने मनमनै |
म चुप्प लागेको देखेर ‘यस्तो एक कोठाको बिल्डिङ त बनाउनुको दुःख मात्रै’ – यो घर देखाउदै भनेको सुने | सडकमा वाहनहरू गुडिरहेको थियो | सबै चर्को स्वरहरूलाई जितेर मैले स्पष्ट सुन्नेगरी मेरो मन बोलिरह्यो | ‘ नाथे छोराको जात | छोरी एउटै पनि भएको भए .........|’
यो ठाउँमा म नौलो | तै पनि राज्जोको काममा हात बाढ़्न हिँडेको थिए त्यो दि भारतको जनगणना गर्दै | ठुस्किएको दिन | हुस्से चारैतिर | चिसो-मनै चिस्साउने | राज्जोको साथी भएर जनगणना गर्न घर-घर चहार्दै गर्दा बोजुकहाँ पुगेका थियौँ | 
हुस्सेले ढाकेका सडक किनारमा थुप्रै बिल्डिङरूको चेपमा रहेको मैलो सानो एक कोठे घर बोजुको बासस्थान | त्यो दिन भित्रबाटै चुकुल लगाएको थियो | सदा यस्तै बन्द हुन्छ’रे त्यो दैलो | तीनपल्ट जति ढकढकाएपछि खोलियो बोजु बस्ने घरको दैलो | दैलोको च्वाँइ... –सँगै भाँसिएको स्वरमा ‘को हो?’ सुन्यौ | भित्रै पस्ने ईशारा प्राप्त भएपछि राज्जोले ‘पासौ’ भनि अनि हामी दुवै भित्र पस्यौ | कोठाको भित्रपिट्टको दृश्य अति दयनीय लग्यो मलाई | राज्जोले चर्को स्वरमा प्रश्न गर्न लागि म कोठाको दृश्य नियाल्न थालेँ | तेलका तर पनि राखिएका चार-पाँच पोलिथिन जरहरु धुलो र ध्वाँले टाटे बनेका | एउटा सानो तीन ढुङ्गे चुह्लो खरानीले भर्ना लागेको, केहि भाँडाकुडा धुलोले ढाकिएका डढेका तर चिसा | लुगाहरू छरपस्ट मैलोले काति परेका तर जाडो महिनाको चिसो छेक्ला जस्तो नदेखिने | 
‘जाउ’ राज्जोको शब्द सगैँ झस्केँ बोकेको क्यामेरा झिके झोलाबाट अनि देखाउदै क्यामेरा बोजुको नजिक गई ‘फोटो खिचौँल ?’ भनि लेन्स मिलाई मैले फ्लाससगैँ एउटा फोटो खिचेँ |दिनभरिको काम सिद्याएर बेलुकी त्यै फोटोलाई फोटोसपमा श्यामस्वेत बनाई फ्रेम पनि लगाएर फेसबुकमा अपलोड गरेँ | हप्तादिनभरमा त्यो फोटोले सयौ राम्रा कमेन्टहरू पाये | जसमा ‘फोटोजेनिक बोजु’,’सुन्दर’ धेरैले लेखेका थिए |
जीवनका घामछाया र हुरी-बतासले कोरिदिएको नक्सा टाँसेर कष्टकर वर्तमान बोक्ने मान्छेको अनुहार पनि ‘फोटोजेनिक,सुन्दर’ हुदोरहेछ | म सोँच्दै थिँए |
साताको छवटा साँझ म त्यै बाटो भएर डेरा फर्कन्छु | त्यो बाटो भएर प्रतेक हिडाइमा मैले कहिले बत्ति बलेको देख्थेँ |कहिले४ ध्वाँ आइरहेको त कहिले अँध्यारो | कुनै-कुनै दिन दुइटा अगुल्ठो जोडेर तापिरहेको देख्थेँ धुवाँ धेर केहि थुप्रो तातो खरानी | 
देखिन छाडिएपछि सम्झाउनी कतैबाट नआउनजेल बिर्सने मान्छेको स्वभाव | त्यै बाटो भएर हिडेँ मँ ओहोर-दोहोर | याद गर्न छाडिएपछि आफै-आफै अलिपछि बिर्सिएछ पनि | 
‘राज्जो ... ’
‘हजुर’ केहि भाँडाकुडाहरू बजिरहेको आवाजसँगै आयो | 
‘त्यो बोजु कहिलेदेखि एक्लै बस्थिन् हँ ?’ 
भाँडा माझिरहेकै राज्जोले –‘ को बोजु ?’ सोधिन् |
‘ पर हो !त्यो बिल्डिङ बनको छ नी अहिले ? त्याँ को |’
‘चियाको कप यता दिनुहोस् न् |’ ‘धेरै वर्ष अघिदेखि |’ ...... ‘किन ?’
‘ए !... छोराहरू चाहिँ ?’ 
‘दिल्लीतिर | धनी-धनी छ’रे | बिहा गरेर त्यतै बसेको हरे |
‘आमालाई हेर्दैन थियेछ अन्त...?’
‘होला नी ! हामीले त जानेको देखि बोजु एक्लै हो |’
आमालै एक्लै यस्तो अवस्थामा छाडेर जाने नाथेहरू क को धनी धनी छ’रे | मन-मनै राँकिये |
राज्जोले भाँडा धोइसकी माझिएका भाँडाहरू बोलमा हाली बोकेर ‘भित्र रखिदिनुहोस् न’ दैलोमा उभिएर भन्दा म पुनःयथार्थमा फर्की बोल समाउन पुग्छु | ‘ढिलाई ढिलैहोस् छोरा होस्’ भन्ने भनाइ अब पक्कै पुरानो भएछ- लग्यो | बोजुलाई त्यो अवस्थामा देखे मैले त्यो दि तर मागेर खको कहिले देखिन तर | हाम्रो त अफिसमा व्यवस्थापक पनि व्यवस्थापिका छिन् |कहिले हामीलाई उदार हृदय देखाउदै के के बाँटि रहन्छिन् | कहिले आफ्नी आमालाई खुब माया गरेकी कुरा गर्दै हमोलाई सुनाउछिन् |अहिलेक छोरीहरू अर्काकी भित्ता टाल्ने मात्र हुदिन रहेछन् |मनमा सोँच्छु |आज कम्प्युटरमा डेटा इन्ट्री गर्दा मेरा औँलाहरूभन्दा धेर अरुनै के के चलेछ | मोनिटरमा कहिले बोजु कहिले अनुहारै नभएका छोराहरूका आकृति त कहिले हाम्रो कार्यालयकी व्यवस्थापिकाकै अनुहार देखिरहेँ दिन|
साँझमा, झोलामा दुइवटा रसदाना राज्जोलाई , एउटा पान आफैलाई र एकसय ग्राम हरियो खोर्स्नी दुवैलाई बोकी त्यै बाटो लुरुलुरु घर आँए | बाटामा त्यो एक कोठाको बिल्डिङपटि एक नजर लगाएँ | बाटोपटिको एउटै भएको घर जम्मै देखिने खिड्कीबाट अर्की सेतै फुलेकी बोजु हिटलरको तातो ताप्दै बाहिर हेरिरहेकी थिइ |
त्यो नयाँ बिल्डिङले सम्झाएको बोजुको सम्झना मलाई साँझभर आइरह्यो |
‘बोजु मरिन् | बोजु मरेर यो जमिनको लागि छोराहरूको झगर भा’को |’ राज्जोको यो वाक्यले दिएन मलाई आज अबेरसम्म निँद्रा | बोजुको छोरोको रुपमा मँ आफैलाई एकक्षण आमा, घर, उसको मृत्युपछि सम्पतिको झगडामाझ पहिले उभ्याई हेरेँ | बाँच्न सकिन त्यो संसारमा एकैक्षण पनि अनि राज्जोलाई अँगालो हाली ‘छोरी जन्माउ है तिमी ‘ मैले ओँठै नखोली भनेँ |
अँध्यारोलाई धमिलो परि जिरो वाटको बत्तीले मलाई हेरिरहेको थियो | राज्जो मस्त निँद्रामा थिइ | म उसलाई बोजुको रुपमा हेर्दै थिएँ | मलाई अव्यक्त दु:खले चाप्दै थियो | हटाथ ! राज्जोको कम्जोर देखिएको बत्तीमा हात थाम्न म उभिएँ सम्झानाकैसंसारमा |
‘किन सुत्नु नभाको?’
‘सु-सु’-को उत्तर दिएँ |
घडी हेरेर ‘साढे बाह्रभएछ सुत्नुहोस्’ भनि कोल्टे फेरी राज्जो पुनः सुति |

Comments

Popular Posts