देश
मेरो जीवन जस्तै मेरो देश
यसैले यसको रंग मेरो आँखामा छ ।
आकाश टल्कने पानी
नशा-नशामा यस्तरी बग्छ
मानौ यसले मानचित्र लेख्दैछ ।
रगत शिरदेखि पाउ भएर
कोठा-कोठा देश गाँउदै
मेरा शब्दहरू हिडिरहन्छन् ।
मेरो देश जस्तै म
यसैले मेरो छाया पनि यसको आँगनमा छ ।
Comments
Post a Comment