छोरी नै जन्माउ है तिमी - कथा
छोरी नै जन्माउ है तिमी धनबहादुर मगर,कालेबुङ ‘अहो ! यो ठाउँमा त बिल्डिङ पो बनिएछ |’ ‘ए ! दुई वर्ष भइसक्यो |’ ‘बोजु खै नी ?’ (आवेसिँदै राज्जोले भनिन्) ‘बोजु मरिन् | बोजु मरेर त्यो जमिनको लागि छोराहरूको झगडा भा’को |’ सुनेर ‘थुक्क ! छोराहरू’ भने मनमनै | म चुप्प लागेको देखेर ‘यस्तो एक कोठाको बिल्डिङ त बनाउनुको दुःख मात्रै’ – यो घर देखाउदै भनेको सुने | सडकमा वाहनहरू गुडिरहेको थियो | सबै चर्को स्वरहरूलाई जितेर मैले स्पष्ट सुन्नेगरी मेरो मन बोलिरह्यो | ‘ नाथे छोराको जात | छोरी एउटै पनि भएको भए .........|’ यो ठाउँमा म नौलो | तै पनि राज्जोको काममा हात बाढ़्न हिँडेको थिए त्यो दि भारतको जनगणना गर्दै | ठुस्किएको दिन | हुस्से चारैतिर | चिसो-मनै चिस्साउने | राज्जोको साथी भएर जनगणना गर्न घर-घर चहार्दै गर्दा बोजुकहाँ पुगेका थियौँ | हुस्सेले ढाकेका सडक किनारमा थुप्रै बिल्डिङरूको चेपमा रहेको मैलो सानो एक कोठे घर बोजुको बासस्थान | त्यो दिन भित्रबाटै चुकुल लगाएको थियो | सदा यस्तै बन्द हुन्छ’रे त्यो दैलो | तीनपल्ट जति ढकढकाएपछि खोलियो बोजु बस्ने घरको दैलो | दैलोको च्वाँइ... –सँगै भाँसिएको स्व